तिलोत्तमा गोल्डकप : संकटालाई हराउँदै च्यासल क्वार्टरफाईनलमा

Tilotamma 1 5aa342f29fdcf4.94235395

काठमाडौं । सिएमसी संकटा क्लबलाई पराजित गर्दै च्यासल युथ क्लबले तिलोत्तमा गोल्डकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सोमबार भएको प्रि क्वार्टरफाईनलको खेलमा च्यासलले संकटालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

बुटवलको एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । खेलको ४९ औ मिनेटमा च्यासलले अर्माण्ड बिडियमको गोलबाट अग्रता लिएको थियो ।

५३ औ मिनेटमा साजिन थापा मगरले गोल गर्दै च्यासलको अग्रतालाई दोब्बर पारेका थिए । च्यासलले सेमिफाईनल प्रवेशका लागि फागुन ९ गते सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबसंग प्रतिस्पर्धा गर्नछ ।

प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिईने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस