चट्याङ लागेर पिकनिक गएका ६ विद्यार्थी घाइते

Chattyan

भक्तपुर । भक्तपुरको सूर्यविनायक नपा ७ गुण्डुस्थित घ्याम्पे डाँडामा पिकनिक मनाइरहेका ६ जना शनिबार दिउँसो चट्याङ लागेर घाइते भएका छन् ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्रबाट पिकनिक मनाउन आएकामाथि चट्याङ परेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चट्याङ लागेर मोरङको कोसी दरैचा नपा ४ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने २५ वर्षीय रवि पाण्डे, कैलालीको गौरी नपा १ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय जीवन भण्डारी र स्याङजाको कालीगण्डकी गाउँपालिका ४ घर भई हाल कीर्तिपुर नै बस्ने २४ वर्षीय कमल पाण्डे घाइते भएका छन् । 

परिसरका प्र्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले नवलपरासीको सुस्ता गाउँपालिका ५ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय सत्यनन्द गुप्ता, ओखलढुङ्गाको रुम्जाटार घर ५७ वर्षीय ललित गुरुङ र सर्लाही घर भएकी २९ वर्षीया सीता खड्का घाइते भएको बताए ।

उनका अनुसार घाइते गुरुङ त्रिभुवन विश्वविद्यालयका सुरक्षा गार्ड हुन् भने खड्का विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने महिला हुन् ।

घाइतेहरुको भक्तपुर नपा १ सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्र्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

शनिबार दिउँसो मुसलधारे पानीको बीचमा परेको चट्याङले उनीहरुलाई भेटेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...