मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Mirtu

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलो बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ गइरहेको को २७ प ८६७४ नम्बरको मोटरसाइकल भित्री सडक खण्डमा अनियन्त्रित भइ दुर्घटनामा पर्दा कानेपोखरी–४ का ३२ वर्षीय रविन गहतराजको मृत्यु भएको प्रहरीले जनाएको छ । गहतराज मोटरसाइकल चालक हुन् ।

प्रहरीका अनुसार शुक्रबार साँझ दुर्घटनामा परेर घाइते भएका गहतराजको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७ बजे मृत्यु भएको हो।

 

प्रतिकृया दिनुहोस