ढोरपाटन सिकार आरक्षमा हिमपाका कारण दुर्लभ वन्यजन्तु मर्न थाले

Dhor patan

काठमाडौं । लगातार हिमपात र चिसोको कारण नेपालमा पाइने दुर्लभ बँदेल, रतुवा मृग, चितुवा, नाउर, घोरल, झारल, डाँफे मर्न थालेका छन् ।

अत्यधिक हिमपातका कारण ढोरपाटन सिकार आरक्षमा दुर्लभ वन्यजन्तु मर्न थालेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।

आरक्षका अनुसार अहिलेसम्म ५ वटा रतुवा मृगसहित एक चितुवा र सयौँको संख्यामा चराचुरुङ्गी मरेका छन् ।

अत्यधिक चिसो बासस्थान र आहाराको कमीले दैैनिक रुपमा दुर्लभ वन्यजन्तु मर्ने गरेका छन् ।

‘चिसो मौसममा कर्मचारी बाहिर जानसक्ने अवस्था छैन’, सिकार आरक्षका कर्मचारी सागर सुवेदीले भने,‘आरक्षको आसपास मरेका वन्यजन्तु फेला परेका छन् । चिसोले माथिल्लो भागमा जान सक्ने अवस्था छैन ।

एयरपोर्ट आसपासमै आएर मर्नेको संख्यालाई आधार मान्ने हो भने पनि सयौँ संख्यामा वन्यजन्तु मरेका छन् ।’

मरेका बन्यजन्तुहरुको मुचुल्का तयार गरेर गाड्ने काम गरिएको आरक्ष कार्यालयले जनाएको छ ।

१३ सय २५ वर्ग किलोमिटरमा फैलिएको सिकार आरक्षमा ५५ देखि ६० प्रजातिका जीवजन्तु रहेका छन् । वर्षेनी सिकार खेल्न राज्यलाई कर तिरेर विभिन्न देशका नागरिक आउछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...