अमेरिकामा संकटकाल घोषणा, मेक्सिकोमा सीमामा पर्खाल बनाईने

Donalt trump

काठमाडौं । अमेरिकामा राष्ट्रिय संकटकाको घोषणा भएको छ । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् ।

संकटकाल घोषणापछि ट्रम्पले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने बताए ।

आफूले निर्माण गर्ने पर्खाले काम गर्ने दाबी पनि उनले गरे । संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झन्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने उनले बताए ।

राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षाको संकट समाधान गर्ने दाबी गरे ।

मेक्सिकोको सीमाबाट लागूऔषध कारोबारी र अवैध आप्रवासीहरुको आक्रमण भइरहेकाले अब त्यो समाधान हुने दाबी उनको थियो । तर डेमोक्र्याट्सहरुले भने यसलाई ‘शक्तिको दुरुपयोग’ भनेका छन् ।

ट्रम्पले आफूले चालेको कदमलाई पूरा गरेरै छाड्ने बताए पनि उनको संकटकाल घोषणाको मामिला भने अमेरिकी सर्वोच्च अदालसम्म पुग्ने आंकलन गरिएको छ ।

यसअघिका अमेरिकी राष्ट्रपतिहरूले विदेश मामिलामा आइपरेका संकटसँग जुध्न राष्ट्रिय संकटकालको प्रयोग खासगरि गरेका थिए ।

उनिहरुले आतंकवादसँग मुछिएका संस्थाहरूलाई उपलब्ध स्रोत रोकिदिन वा मानव अधिकार उल्लंघनमा मुछिएका देशहरूमा लगानी रोकिदिने जस्ता कार्यमा प्रयोग गरिएको थियो तर ट्रम्पले देशभित्रै राजनीतिक मुद्दामा । यसले विवादग्रस्त मुद्दामा विपक्षीको बहुमत रहेको संसद छल्न सहयोग गर्नेछ ।

विपक्षी डेमोक्र्याट नेताहरू अदालत जाने बताइसकेका छन् । अब अदालतले ट्रम्पको कदमलाई रोक्न सक्छ ।

संकटकाल घोषणा गर्दै ट्रम्पले संकटकालीन अवस्थाले सीमा पर्खालका लागि ८ अर्ब डलर प्रदान गर्ने बताएका थिए तर झण्डै ३ हजार २ सय किलोमिटर लामो पर्खाल निर्माणका लागि २३ अर्ब डलर चाहिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...