१० वर्षीया बालिका बलात्कारको आरोपमा एक वृद्ध पक्राउ

Pakkrau 1

काठमाडौँ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ ढाकावाङ की १० वर्षीया बालिका बलात्कारको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका २ सिउते निवासी ६८ वर्षिय डण्डबहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछी उनकी आमाले बालिकालाई शोधपुछ गरेपछि मात्रै घट्ना बाहिरिएको हो ।

अभियुक्त बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिई प्युठान प्रहरीलाई बुझाएको अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।

चाउचाउ खान पैसा दिदै ललाई फकाई गरि बालिकालाई बलात्कार गरेको पिडितले बताइन। बालिका गत पुस महिना देखि वृद्धबाट बलात्कारको सिकार हुँदै आएको समेत खुलासा भएको छ ।

प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले आबश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...