महाअभियोग छल्न शुक्रबारै दिए अख्तियार आयुक्त पाठकले राजीनामा

Rajnarayan pathak

काठमाडौं । संसदले महाअभियोग दर्ता गर्ने तयारी गरिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।

शुक्रबार ११ बजे उनी राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएको पुष्टि अख्तियार र राष्ट्रपतिको कार्यालयले गरेका छन् । शुक्रबार नै महाअभियोग दर्ता गर्ने नेकपाका सांसदहरूको तयारी थियो ।

अख्तियारजस्तो संवैधानिक अंगमा रहेको व्यक्तिमाथि कारवाहीको पहिलो प्रक्रिया भनेको महाअभियोगको कारवाही हो । तर, पाठकले महाअभियोगबाट जोगिनलाई अगाडि नै राजीनामा दिएका छन् ।

भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका थिए ।

अख्तियारका आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने बहानामा एक पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको विवरण मिडियाहरूमार्फत सार्वजनिक भएको थियो। उनले घुस लिएको भिडियो घुस दिने पक्षले अख्तियार र प्रधानमन्त्रीको कार्यालयमा उपलब्ध गराएका थिए ।

आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो अख्तियार र सत्तारुढ दलका नेतासम्म पुगेपछि यो प्रकरण बाहिर आएको हो । अख्तियारका अधिकारी, सत्तारुढ दलका नेता र सांसदहरुले समेत करिब ९ घण्टाको भिडियो हेरेर पाठकले घुस नै लिएको निचोड निकालेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...