पश्चिमी वायु सक्रिय : भोलिसम्म बदली र वर्षाको सम्भावना

Mausam

काठमाडौं । उपत्यकासहित देशभरीकै मौसम अहिले बदली भएको छ । पश्चिमी वायुको प्रभावले शनिबारसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबारदेखि नै देशभरको मौसम बदली भई केही ठाउँमा पानी परेको मौसमविद् राजु प्रधानाङगले जानकारी दिए ।

मौसमविद् प्रधानाङ्गका अनुसार बिहीबारदेखि सक्रिय यो प्रणाली आउँदो आइतबारदेखि मात्रै कमजोर हुने देखिएको छ । यसकै प्रभावले शुक्रबार देशभरी कै मौसम खुल्ने सम्भावना छैन । केही ठाउँमा मौसम खुलेपनि एकैछिनमा बदली हुनेछ । शुक्रबार देशका धेरै ठाउँमा पानी पर्नेछ ।

यस्तै, उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने उनको अनुमान छ । तर गएको शुक्रबार र शनिबारको जस्तो ठूलो वर्षा र भारी हिमपातको संभावना भने नरहेको उनले बताए ।

गएको हप्ता पश्चिमी वायुसँगै अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले ठूलो पानी र धेरै हिउँ परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...