१० वर्षीय बालिका बलात्कारको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

Balika batalkar sanket

प्युठान । १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षका वृद्ध पक्राउ परेका छन् ।

अर्घाखाँचीको भुमिकास्थान –१ साम्नेगाउँकी १० वर्षकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका –२ सिउतेका ६८ वर्षीय डण्डबहादुर बिश्वकर्मालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

बालिका गत पुस महिनादेखि बृद्धबाट बलात्कारको सिकार हुँदै आएकोसमेत खुलेको छ । पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछि उनकी आमाले बालिकालाई शोधपुछ गरेपछि मात्रै सो घटना सार्वजनिक भएको थियो ।

अभियुक्त बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिई बुधवार प्युठान प्रहरीलाई बुझाएको छ । चाउचाउ खान पैसा दिँदै फकाइफुल्याइ गरी बलात्कार गरेको पीडितले बताएको प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...