बद्लियो मौसम, अधिकांश स्थानमा पानी पर्ने सम्भावना

Mausam badali

काठमाडौं । केही दिन सुधार भएको मौसम फेरि बदली भएको छ । मौसम बदली हुँदा फेरि चिसो बढेको छ ।

अबको केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले अहिले पूर्वबाहेक अन्य भूभागको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसो पछि बदली हुनेछ । बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने उनको अनुमान छ ।

यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको संभावना रहेको उनले बताए । तीन दिन मौसम एकैछिन खुले पनि फेरि बदली भइरहने मौसमविदहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...