नेविसंघका सभापति महरले दिए राजीनामा, राजीनामा गराउन पार्टी लागेको आरोप

Nain singh mahar

काठमाडौं । नेविसंघ सभापति नयनसिंह महरले पदबाट राजीनामा दिएका छन् । पार्टी सभापतिलाई शेरबहादुर देउवालाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा उनले आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको दाबी गरेका छन् ।

लामो समयदेखि देखिएको नेविसंघभित्रको विवाद र नेविसंघको विषयमा अन्योल बढिरहेका बेला उनले राजीनामा दिएका हुन् ।आफ्नो राजीनामा गराउन पार्टी केन्द्रीय समिति नै लागि परेको उनको आरोप छ ।

नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापा सहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।

पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले गत पुस २८ गते महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको थियो ।

राजीनामा पत्रमा उनले सबै अग्रज नेतालाई सम्बोधन गरी आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । तर, कांग्रेस केन्द्रीय समिति बैठकमा भने पाटी सभापति देउवाले नेविसंघको विषयलाई उठाउन नहुने बताएका नेविसंघका पूर्वमहामन्त्री गुरुराज घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस