स्थगित नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुन: आज बस्दै

Kangress baithak

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशनका लागि सिधै प्रतिनिधि छनोट हुने कि नहुने भन्ने विवादको टुंगो लगाउने बारेमा छलफल हुने बताइएको छ ।

गत बुधवार र बिहीबार बसेको बैठकमा सदस्यहरु २ खेमामा बिभाजित भएपछि बैठक आजसम्मका लागि स्थगित थियो ।

गत पुस पहिलो साता सकिएको महासमिति बैठकमा शीर्ष नेतृत्वबाट महाधिवेशनका लागि तल्लो तहबाटै निर्वा्चित भएर आउनुपर्ने प्रावधान राख्ने प्रतिबद्धता आए पनि केन्द्रीय समितिमा सदस्यहरु विभाजित भएपछि निष्कर्ष निस्कन सकेको छैन ।

महासमितिबाट पारित भएको विधान, संशोधनसहित अनुमोदनको एजेण्डासहित बोलाइएको केन्द्रीय समिति पुन: पुरानै बिषयमा अल्झिएको छ ।

बैठकमा पक्ष-विपक्षमा मत राख्दै सदस्यहरुले निर्वा्चित भएर आउने प्रावधानले केन्द्रीय सभापति पराजित हुन सक्ने, लोकतान्त्रिक पार्टीमा निर्वाचन पद्धतिको विकास गर्नुपर्नेलगायत धारणा राख्दै आएका छन् ।

आजको बैठकले नेपाल विद्यार्थी संघको कार्यसमितिबारे निर्णय गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस