अनौठो घटना : रेलको २ वटा डिब्बा नै गायव

Train 121

काठमाडौं । भारतमा रेलको डिब्बा नै गायव भएको अनौठो घटना प्रकाशमा आएको छ ।

भारतको विशाखापट्टनमबाट नेपालको पर्सा्स्थित सुक्खा बन्दरगाह आउँदै गरेको रेलको २ वटा डिब्बा बाटोमै गायव भएको छ ।

उक्त रेलमा कृषि सामग्री कम्पनी लिमिटेडले मगाएको रासायनिक मल थियो । हराएका डिब्बाको खोजी गर्न थालिएको ६ महिना बितिसक्दा पनि अझै पत्ता लाग्न नसकेको भारतीय रेलवे अधिकारीहरुको भनाई छ ।

भारतीय अखबार दैनिक जागरणमा प्रकाशित समाचारअनुसार विशाखापट्टनमबाट पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह जाँदै गरेको मालवाहक रेलका ४२ डिब्बामा सामान लोड गरिएको थियो ।

किसान ट्रेडर्स, मोतिहारीले उक्त सामान ढुवानीको जिम्मा लिएको थियो । सोही अनुसार उक्त कम्पनीले रेलको ४२ डिब्बा ‘बुक’ गरी सामान लोड गराएको थियो ।

६ सेप्टेम्बर, २०१८ मा विशाखापट्टनमबाट नेपालतर्फ प्रस्थान गरेको रेल ११ सेप्टेम्बर, २०१८ मा पर्सा्स्थित सुक्खा बन्दरगाह आइपुग्दा ४० डिब्बा मात्र साथमा ल्याएको किसान ट्रेडर्सका प्रोपाइटर शिवपूजन गुप्ताको भनाई छ ।

उनले भारतीय रेलवे अधिकारीलाई यसबारे उजुरी गर्दासमेत हालसम्म २ वटा डिब्बाबारे कुनै जानकारी पाउन सकेको छैन ।

हराएका डिब्बामध्ये एउटामा ११७० बोरा र अर्कोमा १२३० बोरा रासायनिक मल रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...