फेरि आकासमा मडारियो कालो बादल, एकै दिनपछि बदलियो मौसम

Kalo badal

काठमाडौं । आइतबार घाम लागे पनि सोमबार फेरि आकासमा कालो बादल मडारिन थालेको छ । पश्चिमी वायुको प्रभाव फेरि बलियो भएर आएकोले सोमबारको मौसममा परिवर्तन आएको हो ।

लगातार ४ दिन भारी वर्षासहित बदली भएको मौसममा आइतबार सुधार आएको थियो । सोमबार भने देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी भेगका १–२ स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । राती देशको पश्चिमी र मध्य भु–भागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलवार दिउँसो देशको पश्चिमी भु–भाग साथै पुर्व र मध्यका पहाडी भु–भागमा आंसिक बदली रहने र बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रतिकृया दिनुहोस