कायममुकामकै भरमा चल्दै समाज कल्याण परिषद्

Samaj kalyan parisad

काठमाडौं । समाज कल्याण परिषदमा यतिसम्म बेतिथि छ, जहिले पनि कामयुकाय कै भरमा चलिरहँदा परिषदको अवस्था लथालिंग भताभुंग बनेको छ ।

नियमानुसार, कामु तोकिएको दिनदेखि ६ महिनासम्म मात्रै कामु दिने व्यवस्था भए पनि सो व्यवस्थाको सरासर उल्लंघन गरिएको छ । उपनिर्देशकहरु हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला र शिव बस्नेत साढे २ वर्षदेखि कामु निर्देशकको जिम्मेवारीमा छन् ।

परिषदमा रिक्त रहेको निर्देशक पदपूर्तिका लागि कायम मुकायम (कामु) तोकेकाहरु दुई वर्ष बित्दासमेत सोही हैसियतमा काम गर्न बाध्य पारिएको छ । परिषद्का ४ जना कामु निर्देशकलाई कानुनी प्रावधान मिच्दै पुरानै जिम्मेवारी तोकिएको छ ।

परिषदमा लामो समयसम्म पदपूर्ति र बढुवा नभएकोमा समाज कल्याण परिषद् कर्मचारी सेवा सर्त नियमावली, २०५० ले जेष्ठताको आधारमा कामु नियुक्त गरेको हो ।

स्रोतका अनुसार शाखा अधिकृत सरहको सहायक निर्देशकहरु हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला, शिव बस्नेत, दुर्गा भट्टराई, रामराज भट्टराई, दीपेन्द्र पन्त र सञ्जय मल्लिक गरी ८ जनालाई उपसचिव सरहको उपनिर्देशकमा बढुवा गरेको थियो । २०६९ सालमा बोर्डले ४४ जनालाई २४ (घ) लगाएर बढुवा गर्दै विभिन्न रिक्त रहेको पदमा पूर्ति गरेको थियो ।

बोर्डले त्यस बेला एक तहमाथिको सेवा सुविधा दिने तर साविककै पदमा रही साविककै तोकिएको काम गर्ने गरी बढुवा गर्ने निर्णय गरेको थियो । त्यसपछि बोर्डले दुई वर्षपछि बढुवा भएकै पदमा काम गर्न दिने निर्णय गरेको थियो ।

त्यसको केही महिनामै परिषद्कै जेष्ठता निर्धारण समितिको सिफारिसमा बोर्डले ४ जना उपनिर्देशकहरु हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला र शिव बस्नेतलाई कामु निर्देशक बनाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...