एसएसपी बढुवामा छुटेपछि एसपी नरेन्द्र उप्रेतीले दिए राजीनामा

Narendra upreti

काठमाडौं । एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् । बढुवामा आफ्नो नाम नपरेको भन्दै एसपी उप्रेतीले आज प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा पत्र बुझाएका हुन् ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिवार १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो । १४ जनामध्ये सशस्त्र प्रहरी गण नं १ नक्सालमा दरबन्दी रहेका सन्दीप भण्डारी पहिलो नम्बरमा छन् ।


त्यसै गरी प्रहरी प्रधान कार्यालय युएन जगेडामा दरबन्दीमा रहेका टेकप्रसाद राई र इन्टरपोल शाखामा रहेका उमेशराज जोशी थोरै अंक अन्तरले दोस्रो र तेस्रो नम्बरमा छन् । बढुवा सिफारिस सूचीमा पर्नेमा श्यामलाल ज्ञवाली, डाक्टर गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल नाम रहेको छ ।

एसपी उप्रेतीले आफूभन्दा जुनियर प्रहरी अधिकृतको बढुवा भए पनि आफ्नो नभएकाले नैतिकताको आधारमा राजीनामा दिएको बताउनुभएको छ । एसएसपीमा बढुवा भएका भीम ढकाल, दीपक थापा, टेकबहादुर तामाङ जुनियर थिए । एसपी उप्रेती हाल महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत थिए । सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेर तीन वर्षमा नै एसएसपीबमा बढुवा हुने बाटो खोलेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...