रोकिएन नक्कली नोटको कारोबार, गोंगबुमा भेटियो साँढे १ लाख नक्कली नोट

Nakkali not 1

काठमाडौं । काठमाडौंमा छ्याप्छ्याप्ती नक्कली नोट भेटिन थालेको छ । यसैक्रममा प्रहरी काठमाडौंको गोंगबुबाट नक्कली नोटसहित एक जना पक्राउ गरेको छ ।

प्रहरीले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा पुगेको थियो । त्यहाँ एउटा फ्ल्याटमा छापा मार्दा ओमबहादुरको कोठामा रहेको दराजबाट १ सय ४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो ।

नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको थियो । उनीहरुले ती नोट कलर प्रिन्टरबाट फोटोकपी गरेको जस्तो देखिन्छ ।

हाल हिक्मत कुँवर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ ।

यसअघि काठमाडौं प्रहरी परिसरले कात्तिक अन्तिम साता चलाएको अपरेशनका क्रममा साँढे दुई करोड रुपैयाँ नक्कली नोट बरामद भएको थियो । घटनामा चर्चित फिल्म निर्माता माधव वाग्लेसमेत मुछिएका थिए ।

ती नोट बजारमा पुगेको हुनसक्ने आशंकामा प्रहरीले सर्वसाधारणलाई सचेत रहन समेत सुझाव दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...