हिमपातले उपत्यकाका डाँडाकाँडा हिउँले सेताम्यै, देशभरको जनजीवन प्रभावित

Himpat 26

काठमाडौं । केही दिनदेखि परेको झरीका कारण राजधानी वरिपरीका पहाडहरूमा हिमपात भएको छ । शनिबार बिहानदेखि अग्ला डाँडाकाँडा हिउँले सेताम्य भएका छन् । हिमाली जिल्ला पनि हिउँले सेताम्मै भएका छन् ।

पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । काठमाडौं नजिकका पहाडमा हिमपात गराएको हो । नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि, चम्पादेवी, फुलचोकी लगायतका क्षेत्रमा हिउँ परेको छ ।

हिउँ परेपछि चन्द्रागिरि र फूचोकीसहितका क्षेत्रमा हिउँ खेल्नेको लर्को लागेको छ । यससँगै राजधानीमा पनि अत्यधिक चिसो भएको छ ।

भूमध्येसागर हुँदै बलियो पश्चिम न्युनचापीय प्रणाली नेपाल भित्रिएपछि हिमाली क्षेत्रमा यो पटक विगतमा भन्दा बाक्लो हिमपात भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो पटकको न्युनचापीय प्रणाली विगतका हिउँदको भन्दा बलियो (स्ट्रङ) भएपछि बाक्लो हिमपात भएको हो ।

भूमध्येसागरबाट सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान र उत्तर पश्चिमी भारत (उत्तराखण्ड) हुँदै न्युनचापीय प्रणाली सोमवार नेपाल भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौंसहित देशैभर वर्षा भएको छ । केही स्थानमा भारी वर्षा तथा अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षा भएको छ ।

काठमाडौंमा २१.५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी भैरहवामा ५९, सिमरामा ४७, पोखरामा ३५, दाङमा १६, वीरेन्द्रनगरमा १३, जुम्लामा ११, डडेलधुरामा ६, विराटनगरमा ५ र धनकुटामा ४ मिलिमिटर वर्षा भएको छ ।

उपत्यकामा आज बिहान ९ बजेसम्म वर्षा भए पनि दिउँसो आकास खुला भएको छ । कतिपय स्थानमा माम लागे पनि धेरैजसो स्थानमा बदली देखिन्छ । बदली र वर्षाले उपत्यकामा बढी चिसो महशुस गरिएको छ ।

पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएकाले भोलि आइतबारदेखि मौसममा सुधार आउने महाशाखाको भनाई छ । अहिले पश्चिमका केही क्षेत्र र मध्यका तराई भेगमा मौसममा सुधार हुँदै आएको छ । पूर्वी क्षेत्रमा साँझतिर हल्का वर्षा हुने र बाँकी भेगमा छिटफुट वर्षा भए पनि आइतबारदेखि मौसममा सुधार आउने छ ।

तीन दिनदेखिको निरन्तर वर्षासँगै शनिबार रसुवाको धुञ्चे क्षेत्रमा हिमपात भएको छ । गुम्बुडाँडाभन्दा माथिल्लो भेगअन्तर्गत सदरमुकाम धुञ्चेलगायत रसुवाको अधिकांश भागमा गए रातिदेखि हिमपात परेका कारण निकै चिसो भएको छ । पटकपटकको वर्षासँगै परेको हिमपात यतिखेर समुद्री सतहदेखि एक हजार ६ सय मिटरको भू–भागमा पुगेको बताइएको छ ।

ज्येष्ठ नागरिकलाई चिसोले बढी असर पु¥याएको छ भने युवा हिउँ खेल्न जुटेका छन् । धुञ्चेमा भने छ वर्षपछि हिमपात भएको समाजले जनाएको छ । उत्तरी रसुवा गत्लाङबाट प्राप्त जानकारीअनुसार गत्लाङ क्षेत्रमा एक मिटरभन्दा बढी हिमपात भएको छ ।

मुगुका गाउँबेसी पनि हिउँले सेताम्य भएका छन् । हिमपातले मुगु सदरमुकमा गमगढी बजार क्षेत्र लगायत आसपासका गाउँबस्ती, रुख सेताम्य भएका छन् । हिमपातले गर्दा जाडो बढेपछि जनजीवन उत्तिकै प्रभावित बनेको छ ।

जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकमारोङ गाउँपालिका रहेका बस्ती मुगु, डोल्फु, ताखा, खारी चितैलगायत बस्तीमा भारी हिमपात भएको छ । हिमपातका कारण हवाइ सेवासमेत अवरुद्ध भएको छ ।

लगातारको हिमपात र वर्षाका कारण म्याग्दी र मुस्ताङ जिल्लाको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण सडक र हवाई यातायात सेवा अवरुद्ध भएको छ । उच्च पहाडी क्षेत्रमा लगाएको गहुँ, जौ, उवा, केराउ लगायत हिउँदेबालीमा क्षति पुर्‍याएपछि कृषकहरु चिन्तित भएका छन् ।

मुस्ताङमा शनिबार पाँचौ पटक हिमपात भएको हो । चिसोले वृद्धवृद्धा र बालबालिकालाई समस्या भएको छ । सडक, भवन, सिचाइ र जलविद्युत आयोजनाको काम हिमपात र चिसोका कारण प्रभावित बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...