मिस चब्बी मोडलको उपाधी रविनालाई

Miss chabli

काठमाडौं । सिद्धि मिडियाको आयोजनामा भएको ‘मिस चब्बी मोडल–२०१९’ को उपाधि रविना पोखरेलले जितेकी छन् । शीर्ष बिजेता बन्दै उनले स्कुटी हात पारेकी छन् ।

पोखरेलले ‘मिस ब्युटिफुल स्माइल’, ‘मिस बेष्ट र्याम्प वाक’ र ‘मिस पपुलर’ उपाधिसमेत हात परेकी छन् ।

राष्ट्रिय नाचघर जमलमा मंगलबार साँझ सम्पन्न प्रतियोगितामा जिज्ञासा चटौट फष्टरनर अप र पुनम श्रेष्ठ सेकेन्ड रनरअप चुनिए । चटौट ‘मिस बब्बी’, ‘मिस मल्टिमिडिया’, ‘मिस फ्रेन्डी’ समेत घोषित हुँदा  श्रेष्ठले ‘मिस ब्युटिफुल’ र ‘ब्युटी वीथ परपोज’ उपाधि हात पारिन् ।

प्रतियोगिताको यो तेस्रो संकरण हो । सञ्जिव झा, अमित झा, कृष्ण देवकोटा, प्रतिमा कार्की, चन्दा थापा गिरी प्रतियोगितामा निर्णायक रहेका थिए ।

प्रतिकृया दिनुहोस