भक्तपुरको परम्परागत बाजागाजा सोलुखुम्वुमा

Solikhumbuma vaktapur baja

भक्तपुर । भक्तपुरको परम्परागत बाजागाजा सोलखुम्वुको बासाखाली माध्यमिक विद्यालयको एउटा स्कुलको स्वर्ण महोत्सवमा प्रदर्शन गरिएको छ ।

सो विद्यालयको स्वर्ण जयन्तीको अवसरमा भक्तपुरका विभिन्न बाजागाजाका साथै परम्परागत नृत्यहरु देखाइएयो । धिमे बाजा, धिमे नृत्य, माक प्याखं (बाँंदर नाच) लगायतका बाजा तथा नृत्यहरु देखाइएको हो । टोलीमा २१ जना रहेका थिए ।

११ जना एभरेष्ट इंग्लिश स्कुल मिवाछें व्यासी भक्तपुरका र १० जना प्रशिक्षकहरु रहेको टोली नेतृ इन्दिरा लाछिमस्यूले बनाइन् । काठमाडौं उपत्यकाका नेवार समुदायमा मात्रै सीमित नाच, बाजागाजालाई देशका कुनाकाप्चामा फैलाउन पाउँंदा आफूलाई खुशी लागेको लाछिमस्यूले बताइन् ।

भक्तपुरको परम्परागत मौलिक बाजा तथा नृत्यलाई देशभरी नै प्रवद्र्धन गर्न सोलुखुम्वुका बासाखाली स्कुलमा आफ्ना विद्यार्थीलाई पठाउन पाएकोमा खुशी लागेको एभरेष्ट इंग्लिश स्कुल भक्तपुरका प्रिन्सिपल भक्त राजभण्डारीले बताए ।

प्रतिकृया दिनुहोस