जोधा अकबरका नायक बद्र उल हसनको मृत्यु

Joda

काठमाडौं । हास्यकलाकार सैयद बद्र उल हसन खान बहादुरको मंगलबार निधन भएको छ । उनी लखनउमा बस्थे । फिल्म इन्डष्ट्रिमा उनलाई पप्पु पोलिस्टरको नामले चिनिन्थ्यो । सन् २००८ मा रिलिज भएको ऋतिक रोशनको सुपरहिट फिल्म जोधा अकबरमा उनले मुल्ला दो प्याजाको भूमिका निभाएका थिए ।

पाइसकेका छन् बेस्ट सपोर्टिङ एक्टरको नेशनल अवार्डः

सैयद बद्र उलले सन् १९९० मा रिलिज भएको टिभी सिरियल द स्वार्ड अफ टीपू सुल्तानमा मैसुर महाराजाको भूमिका निभाएका थिए । यसै पात्रले उनलाई पहिचान दिलाएको थियो ।

यही भूमिकाका लागि उनलाई बेस्ट सपोर्टिङ एक्टरको राष्ट्रिय अवार्ड पनि दिइएको थियो । उनी निकै राम्रा क्लासिकल डान्सर पनि थिए । बिरजू महाराजले उनलाई बेस्ट क्लासिकल डान्सरको अवार्डबाट सम्मानित गरेको थियो ।

फिल्मी क्षेत्रमा २५ वर्ष बढीः

उनले लगभग २५ वर्षसम्म फिल्म, टिभी सिरियल, विज्ञापन र थिएटरमा काम गरेका छन् । जोधा अकबरबाहेक उनले फिर भी दिल हे हिन्दुस्तानी, मन, खोया खोया चान्द, धुंधः द फग, इत्तेफाक, फरिश्ते, फूल र अंगारे, तेरे मेरे सपने, बादल, तुमसे अच्छा कौन हे, आप मुझे अच्छे लगने लगेजस्ता सुपरहिट फिल्ममा काम गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...