टेलिभिजन 'क्वीन' एकता कपुर ४३ वर्षमा सरोगेसीबाट आमा बनिन्

Ekata2

काठमाडौं । टेलिभिजन क्वीन नामले चिनिने चर्चित भारतीय निर्मात्री एकता कपुर सोरोगेसीको माध्यमबाट आमा बनेकी छिन् । समाचारमा बताइए अनुसार एकताको छोराको जन्म जनवरी २७ मा भएको हो । उनको अहिलेसम्म विवाह भएको छैन र उनी अविवाहित आमा बनेकी हुन् ।

एकताका भाइ तुषार कपुर पनि ३९ वर्षको उमेरमा सन् २०१९ मा सेरोगेसीको माध्यमबाट पिता बनेका थिए । उनले आफ्नो छोराको नाम लक्ष्य राखेका छन् । आगामी जुनमा उनको छोरा तीन वर्ष पुरा हुनेछन् ।

तुषार कपुर पनि अविवाहित पिता हुन् । सन् १९७५ जुन ७ मा जन्मिएकी एकता बालाजी टेलिफिल्म्सको संयुक्त प्रबन्ध निर्देशक हुन् । उनले निकै राम्रा टेलिफिल्म निर्माण गर्दै आएकी छिन् । गत वर्ष उनको प्रोडक्सनमा बनेका फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गर्दै १ अर्ब भारुभन्दा बढी कमाइ गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...