कहिले रिलिज हुँदैछन् त ‘मिसन इम्पोसिबल’ का बाँकी दुई सिरिज

Tom cruise mission impossible hair

काठमाडौं । ‘मिसन इम्पोसिबल’ हलिउड अभिनेता टम क्रुजको पपुलर फिल्म सिरिज हो । यसका अघिल्ला दुई सिक्वेल फिल्म सन् २०२१ र २०२२ मा रिलिज हुने भएका छन् । एक अङ्ग्रेजी संस्करण साइटले जनाएअनुसार यी दुई फिल्मको नयाँ सिरिजको रिलिज डेट घोषणा गरिएको हो ।

प्यारामाउन्ट पिक्चर्सका अनुसार यो फिल्मको सातौँ सिरिज सन् २०२१ को जुलाई २३ मा रिलिज हुनेछ भने अर्को सिक्वेल २०२२ को अगस्तमा रिलिज हुनेछ । दुवै फिल्मलाई क्रिस्टोफर म्याकरीले निर्देशन गर्दैछन् । र, यी दुवै फिल्ममा टम क्रुज आइएमएफ एजेन्टको भूमिकामा देखिनेछन् ।

प्यारामाउन्ट पिक्चर्सका अध्यक्षले जानकारी गराएअनुसार ‘मिसन इम्पोसिबलः फलआउट’ को अत्यधिक सफलतापछि टमले पनि दुई फिल्ममै काम गर्नमा रुचि देखाएका छन् ।

यो फिल्मको पहिलो भाग सन् १९९६ मा रिलिज भएको थियो । यसपछिका हरेक सिरिज सफल भएका छन् । टम क्रुजका फिल्ममध्ये यो सिरिजलाई धेरैले रुचाएको फिल्मका रुपमा लिइन्छ ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...