चलचित्र ‘पुरानो बुलेट’ का तीन पोस्टर सार्वजनिक

Purano bullet poster2

काठमाडौं । अभिनेता अनुपविक्रम शाही अभिनित फिल्म ‘पुरानो बुलेट’ का एकसाथ तीन पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक तीन पोस्टरमा कलाकारको फरक हाउभाउलाई देखाइएको छ ।

हङकङमा फेब्रुअरी २३ तारिखमा प्रिमियर हुने यो फिल्म त्यसपछि मात्र नेपालमा रिलिज हुनेछ । फिल्मले केही समयपछि ट्रेलर सार्वजनिक गर्ने जनाएको छ ।

फिल्ममा अनुप, वर्षा र मालाका अलावा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, दिवज राई, शिव मुखिया लगायतका कलाकारले समेत अभिनय गरेका छन् । फिल्ममा हरि घलेको छायांकन र अर्जुन जिसीको सम्पादन छ भने कथाका हिसाबले फिल्मले पूर्वी नेपालको सामान्य परिवेशलाई उठाएको निर्माण टिमले बताएको छ ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...