चलचित्र विकास बोर्डकी अध्यक्ष निकिताले दिइन् राजीनामा

Nikita paudel

काठमाडौं । रवि लामिछानेसँग विवाह गरेकी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् । उनले व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने भन्दै राजीनामा दिएकी हुन् ।

उनले माघ २३ गतेदेखि लागू हुने गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई राजीनामा पेश गरेकी छन् । ‘ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ’ उनले भनेकी छन् । तर, पछिल्ला दिनमा उनको कामप्रति सरकार असन्तुष्ट बनेको थियो ।

पौडेललाई २०७४ मंसिर २५ गते तत्कालिन मन्त्रिपरिषले विकास बोर्डमा अध्यक्ष नियुक्त गरेको थियो । उनले आफूले नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक ‘बक्स अफिस’ प्रणाली शुरूवात गरेको र विकास बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाएको पनि उल्लेख गरेकी छन् ।

डिजिटलाइजेसनसहित अभिलेख ब्यवस्थापन, चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा, सन्देशमूलक चलचित्रलाई करमा सहुलियत, विशिष्ट चलचित्रकर्मीका लागि उपचार लगायतमा सहयोगमा रकम थपलगायतका काम आफूले गरेको निकिताले बताएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...