‘बुलबुल’मा स्वस्तिमाको जाद्रै बस्यो दिल’ (भिडियोसहित)

So

काठमाडौं । फागुन ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलबुल’को दोस्रो गीत सार्वजनिक भएको छ ।

राजधानीमा भइरहेको क्यान मेलामा कार्यक्रम गर्दै सयौँ दर्शकबिच गीत सार्वजनिक गरिएको थियो  । ‘जाद्रै बस्यो दिल’ बोलको सार्वजनिक गीतमा नायिका स्वस्तिमा खड्का, कलाकार मुकुन भुषाल र दिपक क्षेत्री फिचरिङ छन् ।

गीतमा मनिकला पौडेलको शब्द, उद्गम परियार र उदयराज पौडेलको संगीत रहेको छ भने रजिना रिमालको स्वर रहेको छ । विनोद पौडेलको निर्देशन रहेको चलचित्र बुलबुलमा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिएकी छिन् ।

चलचित्रको कथा र पटकथा निर्देशक स्वयंमले लेखेका हुन् । अविरल थापा, भिम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डेको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...