सरकारी विद्यालयको उत्सवमा घन्कियो ज्योति मगरको ‘... ढाडे बिरालो’

Jyoti magar pyuthan

प्युठान । शनिबार प्युठानको सरुमारानी –३ चाभाको सरस्वती माविको ५६ औं वार्षिक उत्सव थियो । जुन सरकारी विद्यालय हो । र यो विद्यालय शिक्षा क्षेत्रका लागि जिल्लामा कहलिएकै विद्यालयमा पर्छ ।

सो विद्यालयको वार्षिक उत्सव अरु वर्षहरुमा भन्दा भिन्न थियो । जति साझ छिप्पिदै जान्छ, विद्यालय प्रांगणको माहौल तातिन्थ्यो । तालीको गडगडाहटले थर्किन्थ्यो ।

‘जिम्माल बाको छोरी, उहीँ मुलाको सिन्की, चोरी खान पल्केको ढाडे बिरालो’ जस्ता गीत घन्किँदा लाग्यो त्यहाँ विद्यालयको होइन, कुनै डान्स पार्टी नै भइरहेको छ । बोल्ट गायिका भनिने ज्योति मगरले गीत गाउँदै गर्दा तन्नेरी मात्रै होइन, विद्यालयका अविभावक पनि उनको गीतमा झुम्मिएका थिए ।

ज्योती मगर त्यसै पनि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ । उनले गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन् । खुलेका पहिरन त उनको विशेषता नै हो ।

उत्तेजक नृत्यसँगै गीत गाउने भएकै कारण पनि ज्योती मगर भनेपछि युवा हुरुक्कै हुन्छन् । भल्गर प्रस्तुति भनेर उनको आलोचना सर्वत्र हुन्छ । स्टेज चढेपछि सेक्सका कुरा भन्न नबिर्सने ज्योति छोटै पहिरनमा देखिएकी थिईन उनी ।

शनिबारको साँझ अबेर मात्र स्टेज चढिन् । उनले यहाँ पनि उत्ताउलो पहिरन गर्न भ्याईन् । पहिरनमा मात्र होइन, गीतमा पनि उत्ताउला शब्द मिसाईन् । उनको गायन र प्रस्तुतीले विद्यालय गुञ्जियो । उनको गीतका शब्द सुन्दा युवाहरुले ठुलै स्वरमा वाहवाही गरे, समर्थन जनाए ।

तर खचाखच भरिएका अभिभावकहरु नाक खुम्चाउँथे, मुख छोप्थे र ज्योतीलाई गीत रोक्न आग्रह गर्थे । तर, अभिभावकको कुरा सुन्न कसैको ध्यान थिएन । किनकी ज्योती मगरको गीत र साउण्ड सिष्टमका कारण माहोल बेग्लै थियो ।

यतिसम्मकी उनले स्टेजमै ज्याकेटसमेत खोलिन् । साझको चिसो, त्यसमा पनि मौसम परिवर्तनले चिसो बढेको प्रवाह नै नै थिएन । रातको ९ बज्न लाग्दै गर्दा पनि माहोल तातिएकै थियो ।

सो कार्यक्रममा कमल गाउँले, सन्दिप न्यौपाने र बिक्रम राना पनि थिए । उनीहरुले पनि आफ्ना प्रस्तुती दिए । तर, उनीहरुको कुनै ‘भ्यालु’ नै थिएन । अर्थात् उनीहरुको प्रस्तुती ज्योति मगरको अगाडी फिका बन्यो ।

दर्शक विद्यार्थी र अभिभावक
ज्योती मगरले गाउँदा जनप्रतिनिधीको ताली ! सायद सुन्दा पनि अचम्म लाग्न सक्छ । तर, सो विद्यालयको वार्षिक उत्सवमा प्रमुख अतिथि थिए प्रदेश ५ सदस्य हरिप्रसाद रिजाल ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्मादेखि वडाअध्यक्ष भीमबहादुर मर्साङ्गी सम्मका जनप्रतिनिधीसमेत अतिथि भएर मञ्चमा ठाँटिएका थिए ।

विद्यालयको वार्षिक उत्सव भएकाले पनि अधिकांस दर्शक विद्यार्थी नै थिए । अभिभावक पनि उत्तिकै थिए । तर, ज्योति मगरको प्रस्तुती हेर्दै गर्दा विद्यालयमा पश्चिमेली संस्कृती भित्रिएको अभिभावकहरुले प्रतिक्रिया पनि दिँदै गरेका दृष्य देखिन्थ्यो ।

विद्यालयको वार्षिक उत्सवमा कन्सर्ट गरेर अश्लिनता प्रस्तुत गरिँदा विद्यालय कता जाँदैछ भनेर अनुमान गर्न कुनै गाह्रो थिएन । यस्तो अश्लिन प्रस्तुतीले बालबालिका र विद्यार्थीको मष्तिस्कमा के प्रभाव पर्छ ? धेरैको प्रश्न थियो विद्यालयले उत्सव गर्दैछ कि कन्सर्ट ?

विद्यालयका प्रधानाध्यापक खेमराज शर्मा भन्छन्, राष्ट्रिय कलाकार ल्याउने जिम्मा विद्यालयका पूर्व विद्यार्थीलाई दिइएको तर ज्योती मगरलाई ल्याउन भनिएको थिइन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...