हिन्दु राष्ट्र पुनःस्थापनाका लागि घरदैलो अभियान चलाउँदै जिल्ला पुगे राप्रपाका नेता

Ra pra pa

काठमाडौं । पछिल्लो समय आफ्नो राजनीति गतिविधि तीव्र बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि घरदैलो अभियान चलाउने भएको छ ।

हिन्दु राष्ट्र पुनःस्थापनालाई मुल मुद्दा बनाउँदै आएको राप्रपाले जनतालाई हिन्दु धर्मको अवस्थाबारे जागृत तुल्याउने उद्देश्यले माघ ७ र ८ गते देशव्यापी घरदैलो कार्यक्रम आयोजना गर्न लागेको हो ।

सो घरदैलो सम्पन्न गर्न सबै ठाउँमा केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ । त्यसका लागि पार्टीका प्रमुख नेताहरू पनि जिल्ला पुगिसकेका छन् । अध्यक्ष कमल थापा मकवानपुरका विभिन्न ठाउँमा सहभागी हुनेछन् ।

बुद्धिमान तामाङ धादिङ, टंक ढकाल, उद्धब पौडेल काठमाडौं, राजेन्द्र लिङ्देन झापा र पूर्व क्षेत्रका जिल्लाहरु, धवलशमसेर राणा बाँके, महिला र युवक संगठनका अध्यक्षहरु क्रमशः कुन्ती शाही र प्रकाश रिमाल सर्लाही, महोत्तरी, भुवन पाठक, राजेश गिरी जनकपुर, हेमजंग गुरुङ, तोरणबहादुर गुरुङ र धार्मिक संगठनका अध्यक्ष पुष्पराज पुरुष सहितको टोली लमजुङ, गोरखा र तनहुँ पुगिसकेका छन् ।

खटिएका केन्द्रीय प्रतिनिधिहरु आज साँझसम्म तोकिएका ठाउँमा पुग्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

हिन्दु राष्ट्र पुनःस्थापनाका लागि माघ १३, १४ र १५ गते देशका सबै नगरपालिका र गाउँपालिकामा जनजागरण सभा गर्दैछ, जसलाई सफल पार्न राप्रपाले विभिन्न समिति बनाएको छ भने नेताहरुलाई जिम्मेवारी पनि तोकिसकेको छ ।

राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना लगायतका मागहरू राखी फागुन ७ गतेदेखि नयाँ कार्यक्रम गर्ने सार्वजनिक गरिसकेको छ । जस अन्तर्गत राप्रपाले केन्द्रमा प्रधानमन्त्रीलाई र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई फागुन मसान्तसम्मको अल्टिमेटम दिँदै ज्ञापनपत्र समेत बुझाउने छ भने फागुन १५ देखि ३० सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दैछ । सो यात्रा ताप्लेजुङदेखि शुरु भई महाकालीको कञ्चनपुर हुँदै फेरि काठमाडौं आइपुग्नेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...