मुलघाटको विकास र समृद्धीमा सरोकारवालाको चासो

Mulghat progam

धनकुटा । मुलघाटको विकास पर्यटनबाट सम्भव भए जिल्लाको समग्र बिकासमा सहज हुने सरोकारवालाहरुले बताएका छन् ।

धनकुटा नगरपालिका वडा नंं ९ स्थित मुलघाटमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले धनकुटाको समग्र विकासका लागि मुलघाटलाई पर्यटनको हवको रुपमा बिकास गर्नुपर्नेमा जोड दिए ।

धनकुटा नगरपालिकाको समन्वयमा धनकुटा पर्यटन विकास समितिको संयोजनमा भएको कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले विकासमा स्थानीय जनताको सहभागी भए मात्र मुलघाटलाई पर्यटकीय हव बनाउन सकिने बताए । उनले त्यसका लागि मुलघाट क्षेत्रको खानेपानी, पर्यटनलगायत समग्र विकास र समृद्धीका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सो कार्यक्रममा पर्यटन विकास समिति धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले पर्यटन विकासको ठूलो सम्भावना बोकेको मुलघाट क्षेत्रको समृद्धी पर्यटनबाट मात्र सम्भव हुने भएकाले मुलघाटस्थित तमोरनदीको बीचमा ठूलो शिवको मन्दिर बनाउनुपर्ने र मुलघाटमा व्यवस्थित बनभोज खाने स्थलको निर्माण गर्नुपर्ने आवाश्यक्ता रहेकोमा जोड दिए ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबवहादुर श्रेष्ठ, पूर्व अध्यक्ष मोहन वान्तवा, आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा, धनकुटा नगरपालिका वातावरण शाखाका प्रमुख उपेन्द्र खनाल, नमस्ते नेपालका सचिव हरीबहादुर लम्जेल, स्थानीय समाजसेवीहरु श्रवण शाह, चन्द्र श्रेष्ठ, नविन घिमिरे, छत्रमुखी साम्पाङ लगायतले मुलघाटको विकास र समुद्धीका लागि नगरपालिका र निजी क्षेत्रबाट स्थानीय बासिन्दाहरुको सहभागीता र साझेदारीमा अभियान संचालन गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...