शिक्षकमा छायो ठूलो अन्यौलता

Education

चितवन । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।
नेपाल शिक्षक संघ भरतपुर महानगर कार्यसमितिको प्रथम सभालाई आज यहाँ सम्बोधन गर्दै उनले महासमिति बैठकपछिको एकतालाई तल्लो तहसम्म पु¥याउनका लागि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्न लागेको बताएका हुन् ।
अभियानअन्तर्गत सदस्यता वितरण र प्रशिक्षण कार्यक्रम गरिने बताउँदै उनले यसले गर्दा सङ्गठन चलायमान हुने धारणा व्यक्त गरे । सहमहामन्त्री डा. महतले कांग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको उल्लेख गर्दै कामको प्रचारलाई प्राथमिकतामा राख्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
शिक्षकमा अहिले ठूलो अन्यौलता छाएको बताउँदै उनले क्षमतावान् शिक्षक पनि राजनीतिक प्रतिशोधको शिकार बन्ने खतरा बढेकाले पार्टीले त्यस्तो हुन नदिइने धारणा व्यक्त गरेका हुन् ।
नेपाल शिक्षक सङ्घ भरतपुर महानगरपालिका संयोजक खगराज कँडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल शिक्षक संघका उपाध्यक्ष प्रेमप्रसाद भट्टराई, काङ्ग्रेस चितवनका सचिव उत्तम जोशी, निर्वतमान अध्यक्ष टेकप्रसाद गुरुङ, नेपाल शिक्षक महासङ्घका सचिव ध्रुव पोख्रेल, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष डा. हरि कँडेललगायतले शिक्षा क्षेत्रको विविध पक्षमाथि प्रकाश पारेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...