चितवनमा बाँदरको आतंक

Badar

मुग्लिन । चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् ।
एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन् आँखा झिमिक्क ग¥यो की बाँदर आएर सुन्तला सखाप पारिदिन्छन बाँदरबाट जोगाउन गाह्रो हुने भएकोले सुन्तला चाडैँ बिक्री गर्नुपर्छ, बाँदर नियन्त्रण गर्ने कुनै उपाय छैन भन्दै वडा नं ४ केराबारी बिसौनाका सुन्ताला कृषक एसपी आले बताए ।
करीब दुई बिघाहामा लगाएको सुन्तला धेरैजसो बिक्री गरीसकेको उनले बताए । बाँदरले बाली पनि नष्ट गर्ने क्रम बढेपछि यहाँका किसान चिन्तित बनेका छन् । केही वर्षदेखि बाँदरले सताउन थालेपछि किसानले घरदेखि टाढा रहेको खेतबारीमा खेती लगाउन छाडेको स्थानीवासी मेघनाथ गुरुङ बताए ।
घर नजिकैको खेतबारीमा लगाएको बालीसमेत बाँदरले खाने र नष्ट गर्ने गरेको बताउँदै उनले खेतबारीमा लगाएकोखेती नष्ट गर्न थालेपछि विगत पाँच वर्षदेखि वडा नं २ डाँडा गाउँ भोर्ले र आसपासका किसान चिन्तित बनेका बताए ।
उनले बाली लगाएपछि उम्रिन नपाउँदै बीउ र उम्रिएका टुसा खाइदिन्छन दिनभर बाँदर धपाउन पर्दा अन्य काम गर्न पाउदैँनन् बताए । अहिले किसानले घरदेखि टाढा रहेको जग्गामा खेती नै लगाउन छाडेको र घर नजिकैका जग्गामा पनि खेती जोगाउन गाह्रो भएको उनले बताए । यहाँका किसान कोदो मकैँ फलफूल तथा तरकारी बालीमा निर्भर रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...