सडकमा लाग्यो नारा, ‘सबै कुरा प्रस्ट छ, ओली सरकार भ्रष्ट छ’

Dr kc 4

काठमाडौं । अनसनरत डा. गोविन्द केसीको समर्थन गर्दै सोलिडारिटी फर डा केसी अलायन्सले काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतीघरबाट सुर भएको विरोध प्रदर्शन बानेश्वरतिर लागेको छ । सहभागीहरुले ‘सबै कुरा प्रस्ट छ, ओली सरकार भ्रष्ट छ’ ‘एक–दुई–तीन–चार, हामी मान्ने छैनौ हार’, पाँच–छ–सात–आठ माफियाको कान समात’ ‘जिकेसीको अनसन माफियालाई टेन्सन’, माफियाका ताँती, ओली सरकारका साथी’ लगायतका नारा लगाए ।

सरकारसँगको सम्झौता कार्यान्वायन नगरेको भन्दै डा.केसीले १० दिनअघि इलाममा अमरण अनसन सुरु गरेका थिए । डा.केसीका समर्थकहरूले सरकार र मेडिकल माफिया विरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरे ।

केसीले सम्झौता विपरीत संसदको शिक्षा तथा स्वास्थ समितिले चिकित्सा शिक्षा विधेयक संसदमा पठाएको भन्दै २५ गतेदेखि इलाममा १६ औं सत्याग्रह सुरु गरेका थिए ।

बिग्रँदो स्वास्थ्य अवस्थालाई हेर्दै सरकारले बिहीबार राती उनलाई काठमाडौं ल्याइएको हो । उनी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसन बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...