शुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

Pppppp

हेटौँडा । ३ नं प्रदेशबाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ ।
रोजगारीका हकमा सरकारले रोजगारी हकसम्बन्धी ऐन निर्माण गरिसकेको छ । चालू आवको नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आवदेखि शुरु गरिने मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ । कुनै पनि नेपाली बाध्यात्मक स्थितिवाहेक रोजगारीका लागि विदेश जानु नपर्ने गरी तयारी भइरहेको मन्त्रालयका सचिव महेश दाहालले बताए ।
उक्त कार्यक्रम शुरु भएलगत्तै देशका ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खुल्नेछन् । सो केन्द्रमा करारमा एक जना कर्मचारी भर्ना प्रक्रिया पनि अगाडि बढेको सचिव दाहालले बताए ।
केन्द्रले बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने, बेरोजगार सीप र तालीम दिएर रोजगार बनाउने अवसर प्रदान गर्नेछ । सो सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढेको सो मन्त्रालयद्वारा हेटौँडामा आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।
यस सम्बन्धमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ दुलालले विगतमा पनि यस्ता कार्यक्रम आएको तर व्यवहारमा सफल नभएको बताउँदै यो कार्यक्रमलाई सबैले सफल पार्न जोड दिनुपर्ने बताए । मन्त्रालयद्वारा प्रदेश र स्थानीय तहका प्रतिनिधिसँगसमेत छलफल गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...