चितवनमा माघ ११ देखि १३ गतेसम्म कृषि मेला

Qqqqq

काठमाडौँ । यस वर्ष कृषि मेला चितवनमा गरिने भएको छ । गत वर्ष कृषिसम्बन्धी बृहत् मेला काठमाडौँमा आयोजना गरिएको थियो ।
यस वर्ष वास्तविक कृषकसम्म पुग्नुपर्ने ध्येयले चितवनमा आयोजना गर्न लागिएको संस्थाका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए । आयोजक संस्था मिडिया स्पेस सोलुसन्सले काठमाडौँमा मेला आयोजना गर्दा अवलोकनका लागि मात्रै आउनेको सङ्ख्या बढेको बताईएको छ ।
यही माघ ११ देखि १३ गतेसम्म चितवनको भरतपुरमा आयोजना गर्न लागिएको तेस्रो नेपाल एग्रिटेकको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत १८ देशका कृषिसम्बन्धी कम्पनीका १५० भन्दा बढी कक्ष रहनेछन् ।
प्रदर्शनीको अवलोकनमा जाने कृषकलाई लक्ष्य गरी पशुपालन, कुखुरापालन, नगदेबाली, सिँचाइ, दुग्ध उद्योग सञ्चालन मात्र नभई कृषिका नवीनतम औजार र उपकरणबारे प्रदर्शनीस्थलमै विस्तृत जानकारी दिने गरी तयारी भइरहेको जनाइएको छ ।
प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका साथै अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि, नेपाल पोल्ट्री महासङ्घ, चितवन उद्योग सङ्घलगायत संस्थासँग आबद्ध कृषक तथा व्यवसायीसमेत सहभागी हुने आयोजकले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...