सरकारले दियो कृषि क्षेत्रमा ५ प्रतिशत व्याज अनुदान

Agreeculture

काठमाडौँ । कृषि तथा पशुपक्षी व्यवसायमा सरकारले दिएको सुविधाको उपभोग गरी कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत व्याज अनुदान दिएको छ ।
कृषि क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सरकारले व्याज अनुदान दिँदै आएको छ । राष्ट्र बैंकको विवरणअनुसार रु १४ अर्ब ३९ करोड बराबरको लगानी भएको छ । उक्त कर्जा लिएका व्यक्तिबाट रु ७५ करोड ८२ लाख बराबरको व्याज अनुदान प्रदान गरिएको छ ।
यस्तै उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुयाउने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिने पुनःकर्जाको उपयोगसमेत बढेको छ ।
गत मङ्सिर मसान्तसम्ममा राष्ट्र बैंकले रु १६ अर्ब ७० करोड पुनःकर्जा लगानीमा गरेको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनः कर्जाको बक्यौता गत मङ्सिर मसान्तसम्ममा रु दुई अर्ब ४२ करोड रहेको छ । त्यस्तो कर्जा लिनेको सङ्ख्या एक हजार ५३४ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...