समायोजनका लागि फारम नभरेका कर्मचारीबारे आजदेखि अध्ययन सुरु

Karmacharirrrrr

काठमाडौं । समायोजनका लागि फारम नभरेका कर्मचारीको अध्ययन आजदेखि सुरु हुने भएको छ । समायोजनमा नआउनेको संख्या, त्यसको कारण लगायतको अध्ययन सुरु गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन झण्डै ७५ हजार कर्मचारीले अनलाइन मार्फत फाराम भरेका छन् । १० हजार कर्मचारीले समायोजनका लागि फाराम नभरेको मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिए । यस्तै ५ हजार भन्दा बढीले फाराम भरे पनि कुन तहमा जाने भनेर रोजेका छैनन् । सबैभन्दा धेरै कर्मचारीले स्थानीय तहमा समायोजन हुन फारम भरेका छन् ।

तीन लाख ४५ हजार २ सय २५ जनाले स्थानीय तह, ५८ हजार ६ सय २३ जनाले प्रदेश र ४६ हजार २ सय ७० जनाले संघमा समायोजन हुन फारम भरेको मन्त्रालयले जनाएको छ । समायोजनमा आएका कर्मचारीलाई पनि कुन तहमा पठाउने भन्ने विषयमा छलफल हुने सहसचिव पनेरुले जानकारी दिए ।

यसैबीच, सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी मुद्दाका विषयमा सरकारलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आगामी आइतवार छलफलका लागि बोलाएको हो ।

कर्मचारीलाई श्रेणी र तहगतमा विभाजित गरेको, प्रदेश र स्थानीयमा समायोजन भएका कर्मचारी सरुवा भएर संघमा आउन नपाउने, संघीय निजामती सेवा ऐन र नेपालको संविधान मौलिक हक तथा समानताको हक समेत हनन् भएको भन्दै गत पुस ३० गते तोयानाथ ढुंगानाले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस