गगन थापा भन्छन्, डा. केसी न कांग्रेस न कम्युनिस्ट

Gagan thapa

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अनसनरत डा. गोविन्द केसीलाई ‘कांग्रेसको बिल्ला भिर्ने’ व्यक्ति नभएको बताएका छन् ।

सत्तारुण दल नेकपाका नेता योगेश भट्टराईले कांग्रेसको बिल्ला भिरेको आरोप लगाएपछि कांग्रेस नेता थापाले डा. केसी कुनै पनि पार्टीको नभएको जिकिर गरे ।

बुधबार इलाममा बोल्ने क्रममा भट्टराईले केसीले कांग्रेसलाई भोट मागेको भन्दै आलोचना गरेका थिए । त्यसको खण्डन गर्दै थापाले ‘केसी न कांग्रेसको समर्थक हुन् न कम्युनिस्टको विरोधी हुन्’ भएको बताए ।

बिहीबार पत्रकार सम्मेलन गरी थापाले केसीलाई कम्युनिस्ट विरोधी भन्नु अज्ञानता, अहंकारले प्रभावित र दृष्टिदोष भएको उनले बताए । आम जनताको गुणस्तरीय स्वास्थ्य सेवाका लागि लड्दा कसरी कम्युनिस्ट विरोधी हुन्छ भनी उनले प्रश्न गरे ।

संसदको शिक्षा तथ स्वास्थ्य समितिमा रहेका दुवै युवा नेताहरुको चिकित्सा शिक्षा विधेयकमा समेट्नुपर्ने विषयमा समितिका छलफलमा क्रमका अभिव्यक्तिहरु मिडियामा चर्चामा आइरहेका थिए । समितिले बहुमतले पारित गरेको विधेयक संसदमा टेबुल हुने क्रममा पनि दुई युवा नेताहरुको अभिव्यक्तिले महत्व पाइरहेको छ ।

थापाले केसीलाई फकिर र सन्तको संज्ञा दिए । केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्की, प्रधानान्याधीश गोपाल पराजुलीसँग लडेको बताउँदै उनले भने, ‘को कसको भागमा परेका थिए भनी उनलाई कहिल्यै चासो भएन । के नेकपा, के कांग्रेस उनको त्यो चासो होइन। चिकित्सा क्षेत्र सुधार्ने उनका पक्षधर हुन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...