सञ्चारमन्त्री बास्कोटा भन्छन्, कांग्रेसलाई मनको बाघले खायो

Sancha mantri

काठमाडौं । आफ्ना नेताको नाममा रहेका दुई हस्पिटल स्थानीय तहमा ल्याएर बन्द गर्न खोजेको भन्दै सरकारको आलोचना गरिरहेका बेला सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिपक्ष दललाई मनको बाघले खाएको जवाफ दिएका छन् ।

‘अहिले बाघ कहाँ पाइन्छ ? उहाँहरुलाई बनको बाघले होइन, मनको बाघले खायो’ मन्त्री बास्कोटाले भने, ‘लोकतान्त्रिक आन्दोलनमा लागेकाहरुको योगदानलाई बिर्सने भन्ने कुरा सरकारको डिक्सनरीमा छैन ।’

नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको हस्पिटल स्थानीय तह मातहतमा राखेर अपमान गर्न खोजेको आरोप लगाइरहेका बेला उनले कुनै पनि नेताहरुको नाममा रहेका हस्पिटललाई खारेज गर्ने सरकारको कुनै मनसाय नरहेको स्पटीकरण दिए ।

रेल कार्यालय स्थापना
नेपालमा राम्रोसँग गाडी त चल्न नसकिरहेका बेला सरकारले पानी जहाज कार्यालय पनि स्थापना गर्ने भएको छ । पुस २९ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले नेपालमा पानी जहाज कार्यालय स्थापना गर्ने निर्णय गर्ने र सप्तकोशीमा पानी जहाज सन्चालनको प्रक्रिया शुरु भइरहेको बेला १६ जना कर्मचारीको दरबन्दीसमेत कायम गरेको छ ।

सो बैठकले रेल किन्न भौतिक पूर्वाकधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । सरकारले जनकपुर जयनगर रेल सेवा फागुनदेखि नियमित सञ्चालन गर्ने भएको छ । सरकारले त्यसका लागि आफ्नै रेल किन्ने सरकारको तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...