इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाए चिचिला मोवाइल एप्लिकेशन

Clz mobile

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका विद्यार्थीले बालबालिकाहरुको प्रयोगका लागि उपयोगी ‘चिचिला’ मोवाइल एप्लिकेशन (एप्स) को शुभारम्भ गरेका छन् ।

कलेजमा व्याचुलर इन कम्प्युटर इन्जिनियरिङमा अध्ययनरत केशव घिमिरे, पोषण शर्मा र दुर्गाबहादुर कुँंवरले एप्लिकेशनको विकास गरेका हुन् । कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले रोबोर्ट हस्तान्तरण तथा मोवाइल एप्लिकेशनको शुभारम्भ गरे ।

कार्यक्रममा एप्लिकेशन तयार गर्ने विद्यार्थीले यो एप्लिकेशन ससाना विद्यार्थीका लागि बहुउपयोगी हुने विश्वास व्यक्त गरे । विशेष गरेर एकदेखि चार वर्षका बालबालिकाहरुको लागि यो बहुउपयोगी हुने विश्वास उनीहरुको छ ।

एप्लिकेशनमा पढेर, खेलेर ज्ञान लिन सकिने विश्वास गरिएको छ । बालबालिकाहरुलाई उनीहरुकै उमेरमा ज्ञान दिन सकिए पछि त्यो समाजकै लागि उपयोगी हुने विश्वास उनीहरुको छ । एप्लिकेशनले बालबालिकाहरुलाई नेपाली सिक्न पनि सहयोग पुग्ने विश्वास लिइएको छ । प्ले स्टोरबाट डाउनलोड गरी मोवाइलबाट बालबालिकाहरुले यो एप्लिकेशन चलाउन सकिने जनाइएको छ ।

कार्यक्रममा कलेजका प्राचार्य प्राडा श्रेष्ठले आजका बालबालिकाका लागि नयाँं ढंगले ज्ञान दिन एप्लिकेशन उपयोगी हुने बताए । बालबालिकाका लागि दिएको आजको शिक्षा भोलिको देशकै लागि सम्पती हुने चर्चा उनले गरे । जापानमा सुनामी आउँंदा एक जना साना बालकले चारपाँंच सय मानिसलाई जोगाएको स्मरण गर्दै उनले बालबालिकाको शिक्षामा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...