ग्यास सिलिन्डर पड्किँदा गोंगबुमा एकको मृत्यु, ४ गम्भीर घाइते

Gas cylinder bisfot

काठमाडौं । काठमाडौंका गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ४ जना गम्भीर घाइते भएका छन् ।

बुधबार विहान ग्यास विष्फोट हुँदा नुवाकोटको बेलकोटका काजी तामाङको मृत्यु भएको छ । सो घटनामा गम्भीर घाइते हुनेहरुमा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल छन् । उनीहरुको अवस्था गम्भीर छ ।

गम्भीर घाइते तामाङको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज उपचारको क्रममा मृत्यु भएको हो ।

विष्फोट भएको सीसा कारखानामा एलपीजी ग्यास र अक्सिजन सिलिन्डर प्रयोग हुने गरेको थियो । त्यहाँ अझै करिब ५० वटा सिलिन्डर छन् ।

घटनास्थलमा रहेका अधिकारीहरुका अनुसार त्यहाँ बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो । अहिलेसम्म कसरी विष्फोट भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...