प्रदेश सरकारले लिए सार्वजनिक बिदा

Maghe sangranti baniyani jhapa

काठमाडौं । माघे सक्रान्ति र माघीको अवसरमा केन्द्र सरकारले यस वर्ष बिदा कटौती गरे पनि विभिन्न प्रदेश सरकारले भने सार्वजनिक बिदाको घोषणा गरेका छन् । प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।

माघीकै अवसरमा प्रदेश ५ मा भने मंगलबार र बुधबार गरी २ दिनका लागि सार्वजनिक बिदा दिइएको छ । सार्वजनिक बिदाका दिन प्रदेश तथा स्थानीय तह मातहतका सबै सरकारी कार्यालय, विद्यालयलगायत बन्द हुनेछन् ।

कैलालीका ३ वटा स्थानीय तहले समेत सार्वजनिक बिदाको घोषणा गरेका छन् । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्। थारू समुदायको मुख्य पर्व अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले पनि यी प्रदेश तथा स्थानीय तहमा बिदा दिइएको हो ।

अर्को वर्षका लागि भने केन्द्र सरकारले माघ १ गतेका लागि सार्वजनिक बिदा दिने प्रस्ताव अघि सारेको छ ।

प्रतिकृया दिनुहोस