कांग्रेस नेताले दिए माघीमा यस्तो शुभकामना

Deuwa paudel

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । यो पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ ।

माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति र माघी पर्वको शुभकामना दिँदै माघ १ गते ‘मकर सङ्क्रान्ति र माघे सङ्क्रान्ति’ ले देशवासीलाई जोड्ने काम गरेको बताएका छन् ।

सभापति देउवाले यस्ता पर्वले नेपालका विभिन्न जातजातिले विशेष पर्वका रुपमा मनाउँदै आएको उल्लेख गर्नुभएको छ । नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिको बसोबासको सङ्गम स्थल रहेको बताउँदै उहाँले विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ र एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने उल्लेख गरेका छन् ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुंगा सावित हुने सभापति देउवाले विश्वास व्यक्त गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा शुभकामना दिएका छन् । पौडेलले जसले जसरी मनाए पनि सबै चाडपर्व र रितिरिवाजले सबै नेपाली समुदायलाई एकसुत्रमा बाँधेको उल्लेख गरेका छन् ।

सन्देशमा उनले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पु¥याउने विश्वास जनाएका छन् ।

प्रतिकृया दिनुहोस