भेडेटारको नाम्जेमा माघे संक्रान्ती महोत्सव सुरु

Vedetar mahotsab

धनकुटा । धनकुटाको भेडेटारको नाम्जेमा सोमबारदेखि ३ दिने प्रथम माघे संक्रान्ती महोत्सव शुरु भएको छ ।

सो महोत्सवमा २४ वटा भन्दा बढी स्टलहरु छन् । आदिवासी जनजाती मगर समुदाय लगायत विभिन्न जातजातीहरुको जातीय परिकार अर्गानिक खानाका परिकारहरु, हस्तकलाका समाग्रीहरु विक्रि तथा प्रर्दशनका लागि राखिएको र प्रत्येक दिन विभिन्न जातीय नृत्य तथा झाकीहरु प्रर्दशन गरिने छ ।

कृषि, पर्यटन र भौगोलिक संस्कृतिको सम्मान आर्थिक समृद्धी र विकास सागुरीगढी नाम्जे थुम्कीको पहिचान भन्ने नाराका साथ नाम्जे थुम्कीको पर्यटन प्रवद्धन गर्ने उदेश्यले महोत्सव संचालन गरिएको नाम्जे पर्यटन तथा संरक्षण समितिका अध्यक्ष दिलिप मगरले बताए ।

धनकुटाको पर्यटन प्रवद्धन गर्ने उदेश्यले आयोजना गरेको महोत्सवको प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले उद्घाटन गरे । उदघाटन कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. १ का सांसद निरन राई, धनकुटा जिल्ला समन्वय समितिका संयोजक टंकबहादुर चुवान, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, पर्यटन वोर्डका पूर्व सदस्य रेवतबहादुर थापा, धनकुटा जिल्ला पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राई, भेडेटार होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र राई, नेकपाका प्रतिनिधि भिम राई, नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, संघीय समाजवादी फोरम नेपाल धनकुटाका अध्यक्ष बलबहादुर राई लगायतले प्राकृतिले दिएको अनुप उपहारहरुको उचित संरक्षण र प्रचार प्रसार गर्न जरुरी रहेको बताए ।

प्रथम ऐतिहासिक माघे संक्रान्ती नाम्जे महोत्सव मुल आयोजक समितिका संयोजक अनिलकुमार राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य आयोजक समितिका सचिव अशोक मगरले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...