१० लाख रुपैयाँ सहुलियत ऋण पाउन २० हजार युवाको ताँती

Baideshik rojgar

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई १० लाख रुपैयाँ सहुलियत ऋण दिने भनेपछि २० हजार जनाभन्दा धेरैले आवेदन दिएका छन् ।

मंसिर १३ गतेदेखि आवेदन माग गरिएकोमा अन्तिम दिन सोमबारसम्म २० हजारभन्दा धेरैले निवेदन दिएका हुन् । सरकारसँग साढे २० हजार युवाले १० लाख रुपैयाँको सहुलियत ब्याजको ऋण माग्दै आवेदन भरेका छन् । युवाले भौतिक रुपमै उपस्थित भएर १८ हजार ७ सय ३१ जनाले आवेदन दर्ता गरेका छन् भने झण्डै २ हजारले अनलाइनमार्फत आवेदन दिएका छन् ।

सरकारले सार्वजनिक रुपमै यस्तो आवेदन खुला गरेकोमा सोमबारसम्म अन्तिम मिति तोकिएको थियो । अब यसमा आवश्यक अध्ध्यन गरेर बोर्डले बैंकहरुलाई युवालाई ऋण दिन सिफारिस गरेको छ । सरकारले यसवर्षबाट विदेशबाट फर्किएर ब्यापार, व्यवसाय र इलम गर्नेहरुलाई १० लाखसम्म सहुलियत ब्याजको ऋण दिन लागेको छ । यस्तो ऋण बैंकले दिने भएकाले पाउने ग्यारेन्टी भने छैन ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७५अनुसार विदेशबाट फर्किएकालाई पनि सहुलियत दरमा ब्याज दिन लागेको हो । त्यसका लागि राम्रो व्यवसायिक योजना भने आवश्यक पर्छ ।

कस्ताले पाउँछन् ऋण ?
यस्तो ऋण विदेशबाट फर्किएका सबैले पाउँदैनन् । विदेशमा कम्तिमा ६ महिना काम गरेर फर्किएको हुनैपर्छ । यो ऋण सरकारले दिने नभई सरकारले सहजिकरण गरेर बाणिज्य बैंकहरुले दिनेछन् ।

विदेशमा सीप सिकेर फर्किएर र त्यही सीपमा आधारित व्यवसाय चलाउन चाहनेहरुले आफ्नो योजना राम्रोसँग प्रस्तुत गरेमा उनीहरुले ऋण पाउने सम्भावना धेरै हुनछ । विदेशबाट फर्किएकाहरुले ‘व्यवसायिक योजनामा म यो सीप सिकेर फर्किएको छु, म यो काम गर्न चाहन्छु । मेरो सीपको प्रयोग गर्न चाहन्छु भनेर खुलाउनु पर्छ ।

यति पूँजी छ, म यस्तो व्यवसाय गर्न चाहन्छु, त्यसका लागि मलाई यति आवश्यकता पर्छ भनेर प्रष्ट खुलाउनुपर्छ । त्यसमा १० लाखले नपुग्न पनि सक्छ । तर पाउने सहुलियत ऋणको सीमा भने अधिकतम १० लाख रुपैयाँ मात्र हो । त्यसकै आधारमा सरकारले बाणिज्य बैंकहरुमा लोनका लागि सिफारिस गर्दछ ।

यसको मूल्याङ्कन लागि अर्थ मन्त्रालयबाट एउटा कार्यविधि बनाएको छ । यसमा कृषि, पर्यटन सहित धेरै कुरा छन् । यसैलाई आधार मात्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अर्थ मन्त्रालय अथवा राष्ट्र बैंकसँग समन्वय गरेर व्यवसायिक योजनाको आधारमा छनोट गरेर सिफारिस गर्ने छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...