रामचन्द्र पौडेल भन्छन्, पूर्वप्रधानमन्त्रीको नामको अस्पताल बन्द गरे चुप बस्दैनौं

Ramchanrda paudel

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरे । सो पत्रकार सम्मेलनमा बरिष्ठ नेता पौडेलले कांग्रेस सरकारको समयमा बनाइएका दुई अस्पताललाई वर्तमान सरकारले विघटन गर्न लागेको प्रति आपत्ति जनाए ।

दिवंगत दुई नेताका नाममा बनेका अस्पताल बन्द गरिए सडक र सदनमा उत्रने पौडेलले चेतावनी दिए । तनहुँस्थित बेलचौतारामा रहेको गिरिजाप्रसाद श्वासप्रश्वास अस्पताल र बाँकेमा निर्माणाधीन सुशील कोइराला क्यान्सर अस्पताल सरकारले बन्द गर्ने निर्णय गरेकोमा पौडेलको आपत्ति थियो ।

तनहुँको बेलचौतारामा रहेको अस्पताल ७ सय रोपनीमा फैलिएको छ । ३५ बेड क्षमताको उक्त अस्पताललाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको समय भारतले उक्त अस्पताललाई आर्थिक सहयोग गर्ने सैद्धान्तिक सहमति भएको थियो ।

श्वासप्रश्वासको समस्याबाट पूर्वप्रधानमन्त्री गिरिजाको र क्यान्सर रोगबाट सुशीलको मृत्यु भएको थियो । कांग्रेसले दिवंगत दुवै नेतालाई भएको रोगकै नामबाट अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका ११ ठूला अस्पताललाई सङ्घीय सरकार मातहत रहने गरी गठन आदेशका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।

‘मन्त्रिपरिषद् बैठकले काङ्ग्रेसका दुबै नेताका नामका बाहेक ९ अस्पताललाई मात्र सदर गरी निर्णय ग¥यो र स्वास्थ्य मन्त्रालयले ती दुबै अस्पताल विघटनको प्रक्रियामा लगेको भन्ने हामीले आज खबर पायौं’ पौडेलले भने, ‘अब हामी प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा छौं, त्यसपछि सरकारको यही रबैया रह्यो र प्रतिपक्षीप्रति पक्षपातपूर्ण व्यहार गरे हामी कठोर कदम चाल्न बाध्य हुनेछौं ।’

सो खबर पाएलगत्तै काङ्ग्रेस नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेट्न खोजेका थिए । सचिवालयले प्रधानमन्त्रीको व्यस्तताले भेटका लागि भोलि मात्रै समय उपलब्ध हुने खबर गरेको पौडेलले बताए । काङ्ग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेर सरकारले दिन खोजेको सङ्केतप्रति काङ्ग्रेस सशङ्कित भएको पौडेलको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...