प्रहरी नियमावली मन्त्रिपरिषद्‌बाट स्विकृत को-को छन् एसएसपी बढुवाको दौडमा ?

Mantri

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न कानुनी बाधा परेपछि नियमावली संशोधन गरेर बढुवाको बाटो खोलिएको छ । आइतबार बसेको मन्त्रीस्तरीय निर्णयबाट प्रहरी नियमावली संशोधन गरेर बढुवाको बाटो खोलिएको छ ।

प्रहरी नियमावली २०७१ अनुसार एसएसपीमा बढुवा हुन एसपी पदमा रही कम्तीमा ४ वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान भएकाले १५ एसएसपीको दरबन्दी फागुनसम्म खाली हुने भएपछि सरकारले नियमावली संशोधन गरेर एसपीको बढुवा गर्न लागको हो ।

असोज अन्तिम साता ११ एसएसपीलाई डिआइजीमा बढुवा गरिएपछि रिक्त भएको ११ एसएसपीको पद र त्यसभन्दा अघि नै रिक्त भएको ४ एसएसपीको पद गरी १५ एसएसपीको पद अहिले खाली छ ।

अहिले एसएसपीका प्रतिस्पर्धीहरु २०७१ फागुन १० गते एसपी भएका थिए । फागुन १० गते मात्रै एसपी भएको ४ वर्ष पूरा हुने भएकाले प्रहरी नियमावलीअनुसार उनीहरुको बढुवा गर्न फागुन १० सम्म कुर्नपर्ने थियो । आइतबारको मन्त्रिपरिषद्को निर्णयले चारवर्षे अवधिलाई तीनमा झार्दै बढुवाको बाटो खोलेको स्रोतले जानकारी दियो ।

लामो समयसम्म एसएसपीको दरबन्दी खाली भएकाले प्रहरीको दैनिक पुलिसिङ, चेन अफ कमान्ड, अनुगमन तथा निर्देशनमा प्रत्यक्ष असर परेकाले प्रभावकारी काम कारबाही हुन नसकेको भन्दै प्रहरी प्रधान कार्यालय नियमावली संशोधनको माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

गृहले आवश्यक छानबिन गरेर नियमावली संशोधन गरी मन्त्रीपरिषद्‌बाट स्वीकृत गराइसकेको र अबको केही दिनमै एसपीको बढुवा हुने स्रोतले जानकारी दिएको छ ।

नियमावली संशोधनको लागि पत्राचार गर्नुभदा पहिला प्रहरी प्रधान कार्यालयले एसपीबाट एसएसपी बढुवाको विषयमा लोकसेवा आयोगसँग समेत परामर्श लिएको थियो । तर, नियमावलीमा ४ वर्ष पूरा हुुनुपर्ने उल्लेख भएकाले फागुनसम्म बढुवा गर्न नमिल्ने लोकसेवा आयोगले जवाफ फर्काएको थियो ।

कोको छन् एसएसपी बढुवाको दौडमा ?
यसपटक ३३ एसपीहरु एसएसपी बढुवाको दौडमा छन् ।

नरेन्द्रप्रसाद उप्रेती, सन्दीप भण्डारी, मीरा चौधरी थारू, दुर्गा सिंह, भरतबहादुर बोहरा, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, विष्णुकुमार केसी, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, राजेशनाथ बास्तोला एसएसपी बढुवाको दौडमा रहेका छन् ।

जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्रप्रसाद मैनाली, दीपक थापा, पोषराज पोखरेल, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, कुबेर कडायत, केदार ढकाल, लालमणि आचार्य, गोविन्दकुमार शाह, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, किरण राणा, अर्जुनचन्द ठकुरीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...