नेविसंघको अधिवेशन स्ववियु निर्वाचनपछि मात्रै हुने

Nepal student union

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघको १२ औँ अधिवेशन स्ववियु निर्वाचन पछि मात्रै हुने भएको छ ।

विधानमा भएको व्यवस्था अनुसार तोकिएको समयमा कार्यसमितिले अधिवेशन गर्न नसकेपछि माउ पार्टी नेपाली कांग्रेसले नै वैशाखसम्मका लागि सार्ने तयारी गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्वन्धन प्राप्त कलेजलाई फागुनमा स्ववियु निर्वाचन गर्न परिपत्र गरिसकेकाले त्यसपछि मात्र अधिवेशन गर्ने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए । अहिले क्याम्पसमा जाडो विदा भएकोले खुलेलगत्तै स्ववियु निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले माउ पार्टीलाई अधिवेशन वैशाखमा सार्न अनौपचारिक प्रस्ताव गरिसकेको उनको भनाई छ ।

नेविसंघको विधानमा कार्यसमितिको समयावधी दुई वर्षको छ । नेविसंघ भित्रकै असन्तुष्ट पक्षले भने अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यसमिति भंग गरी तदर्थ समिति बनाउनुपर्ने माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिएका छन् ।

प्रतिकृया दिनुहोस