कोहलपुरमा युवकको निर्ममतापूर्वक हत्या

Yubak hatya 28

बाँके । कोहलपुरमा एक युवकको निर्ममतापूर्वक हत्या गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित नयाँ बसपार्क नजिकै हत्या गरिएको अवस्थामा सुर्खेत सिम्ता गाँउपालिका –४ का दिपकसिंह ठकुरीको शव भेटिएको हो ।

ठकुरीको घाँटी घारिलो हरियारले रेटिएकाले उनको हत्या भएको हुनसक्ने कोहलपुर प्रहरीले जनाएको छ । मृतकका आफन्तका अनुसार ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए ।

स्रोतका अनुसार ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात ब्यक्तीलाई १ लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात ब्यक्तीले बोलाएको भन्दै शुक्रबार निस्किएका ठकुरी शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले घटनास्थल नजिकैबाट एक जोर जुत्ता र लाठीसमेत बरामद गरेको छ । घटनाको अनुसन्धान गरिरहेको कोहलपुर प्रहरीले कुकुरमार्फत अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस