प्रधानसेनापति थापा अब भारतीय सेनाको मानार्थ सेनापति

Army chief

काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतको मानार्थ सेनापतिको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति कोविन्दले प्रधानसेनापति थापालाई भारतीय स्थल सेनाको मानार्थ सेनापतिको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल र भारतबीच सेना प्रमुखलाई मानार्थ सेनापति उपाधि दिने परम्परा अनुसार नै थापालाई यो सम्मान दिइएको हो । भदौको अन्तिम साता भारतले पुनेमा आयोजना गरेको बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपालले अन्तिम समयमा सहभागी नहुने निर्णय गरेपछि नेपाल र भारतको उच्च राजनीतिक तहदेखि सैन्य स्तरमा पनि अविश्वास सिर्जना भएको थियो ।

यो परिप्रेक्ष्यमा प्रधानसेनापति थापाको भारत भ्रमणलाई दुई मुलुकबीचको सैन्य सम्बन्ध सुधारका हिसाबले विशेष चासोका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...