उज्वल थापालाई शुभकामना दिँदै मिश्र भन्छन्, राजनीतिक अभियान रोकिँदैन

Rabindra mishra 28

काठमाडौं । विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आए पनि आफ्नो अभियान नरोकिने दावी गरेका छन् ।

पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ जनाले विवेकशील नेपाली दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएको दोस्रो दिन मिश्रले पार्टी विभाजनले नराम्ररी असर पारेको बताए । मिश्रले पार्टीमा विमती भएपनि अनायाश छोडेर जान्छन् भन्ने भन्ने नलागेको बताए ।

‘यो यात्रा कुनै हालतमा रोकिँदैन । साथ दिने साथीहरु देशभर हुनुहुन्छ’ उनले भने, ‘एउटा बिन्दु आउँछ हामी फेरि मिल्छौँ। त्यहाबाट अझै सशक्त ढंगले जान्छौँ । यो यात्रा कुनै पनि हालतमा रोकिँदैन ।’

उनले आफूहरू फेरि मिल्ने र सशक्त ढंगले अघि बढ्ने दाबी गरेका छन् । शुक्रबार मात्रै पार्टी फुटाएर गएका अर्का संयोजक उज्जल थापा लगायतलाई फेरि सँगै मिलेर आउन उनले आग्रह गरे । ‘हामीबीच अप्रेम अझै पनि बाँकी छ, कुनै द्वेष छैन्,’ उनले भने, ‘आउनुहोस सँगै हिँडौँ, संवाद नगरी हुँदैन् ।’

मिश्रले एक भएर जन सकिने बताउँदै गर्दा अर्का संयोजक उज्ज्वल थापा समूहलाई शुभकामना दिन पनि भ्याए । ‘जो छुट्टिएर गएका साथी हुनुहुन्छ उहाँहरुलाई हाम्रो शुभकामना छ । उहाँहरुले राम्रो गरेर जानुभयो भने अलिकति मन बाँझिए पनि हामी सबै राम्रै रछौँ भनेर चित्त बुझाउने छौँ’, उनले भने, ‘विवेकशील साझा पार्टी कत्ति पनि आफ्नो मार्गबाट विचलित नभइकन अगाडि बढ्ने छ । मूल्य मान्यता, विधि र प्रक्रियासहित अगाडि बढ्नेछ ।’

‘हामी प्रमुख राष्ट्रिय मु्दामा कसरी हस्तक्षेप गर्न सक्छौँ भन्ने कुरालाई लिएर अगाडि बढ्ने छौँ’, उनले भने, ‘हाम्रो यात्रामा समस्या आयो तर अवरुद्ध हुँदैन । जसरी बढिराखेका छौँ त्यो भन्दा बढी गतिमा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

यो फुटले पार्टी मार्गबाट विचलित नहुने उनले प्रष्ट पारे । अब संगठन विस्तार र सदस्यता वितरणमा लागिपर्ने उनको भनाइ छ । उनले अबको १० महिनामाा देशभर पार्टीको संगठन निर्माणको पूर्वाधार निर्माण गर्ने योजनासमेत सुनाए । थापा समूह पार्टीबाट बाहिर जानुको यथार्थ अन्तरक्रिया गरेर देशभर बुझाउनेसमेत मिश्रले प्रष्ट पारे ।

उनले उज्ज्वलको प्रतिवेदन विधि र प्रक्रिया मिचेर लेखिएको आरोपसमेत लगाएका छन् । आफूहरु नजानेको यात्रामा हिँडेको भन्दै त्यक्रममा दुवै पक्षबाट कमजोरी भएका हुन सक्ने उनले बताए । नेपाली समाजको धारातलीय विरोधाभाष र जटिलताहरू वैकल्पिक पार्टी निर्माणमा पनि आउने भन्दै त्यस्ता प्रतिकुलताबाट आफूहरु माथि उठ्ने दाबी गरे ।

उनले आफू कुनै आरोप प्रत्याआरोपमा उत्रिन नचाहेको भन्दै आर्थिक आय–व्ययको सबै विवरण स्पस्ट भएको दाबी गरे । ‘हामीले एक महिनामा १२ लाख रुपैयाँ उठायौंँ’ उनले भने, ‘हरेकको रेकर्ड छ । त्यो फेसवुक, पार्टीको वेबसाइटमा पनि छ । गतवर्षको आय–व्ययको अडिट रिपोर्ट पनि वेबसाइटमै राखेका छौँ । यो भन्दा पारदर्शिताको कुरा के हुन्छ ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...